कार्यक्षेत्रहरु
उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयद्धारा प्रकाशित ‘आर्थिक वर्ष २०७५/७६ को नीति, बजेट तथा कार्यक्रम कार्यान्वयन कार्य योजना' अनुसार यस आयोजनाको कार्य क्षेत्र मध्य पहाडका सम्भाव्य जिल्लाहरु र तराई मधेशका २४ जिल्लाहरू (झापा, मोरङ, सुनसरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी पूर्व ,नवलपरासी पश्चिचम, रूपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके, बिर्दया, सुर्खेत, कैलाली, कञ्चनपुर) यस आयोजना/कार्यक्रमको कार्यक्षेत्र रहनेछ ।